February 11th, 2020

वाणिज्य बैंक र नागरिक लगानी कोषले शेयर ब्रोकरको काम गर्न पाउने

बैंकिङ खबर । बाणिज्य बैंक र नागरिक लगानी कोषले पनि शेयर ब्रोकरको काम गर्न पाउने भएका छन् । साविकको धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, सामूहिक लगानी कोष नियमावली, २०६७ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा गरिएको संशोधनमा यस्तो व्यवस्था गरिएको हो ।

संशोधित व्यवस्थाअनुसार संचालनमा रहेका २७ बाणिज्य बैंक सहित कर्मचारी र नागरिक लगानी कोषले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने छन् । “प्रचलित कानून बमोजिम स्थापना भएका “क” बर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था गरिएको छ“ बोर्डद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ।

भीष्मराज ढुङ्गाना बोर्ड अध्यक्ष भएपछि पहिलो पटक संसोधन गरिएको नियामावली फागुन १ गतेदेखि लागू हुने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]