February 10th, 2020

मिर्मिरे लघुवित्तको दोस्रो त्रैमासिक समिक्षा गोष्ठी एवं प्रशिक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासिक समिक्षा गोष्ठी तथा लघुवित्त व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेको बनेपा, मकवानपुरको हेटौडा र कैलालीको घोडाघोडीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
दोस्रो समिक्षा गोष्ठीमा शाखा कार्यालयहरुले प्राप्त गरेकालक्ष्य साथै लघुवित्तमा देखिएका चुानौतिको न्यूनीकरण विषयमा छलफल गरिएको थियो भने तालिम कार्यक्रममा शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरु लाई लघुवित्त व्यवस्थापन, विकास, तनाब व्यवस्थापन, आत्मविश्वास, रुपान्तरण, सम्झौता र सञ्चारको विषयमा प्रशिक्षक प्रकाश कोइरालाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष टेक ब. बोहरा, प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहरा, मानब संशोधन विभाग प्रमुख लोमश भट्टराई, कर्जा असुलि तथा व्यवस्थापन विभाग प्रमुख बेद प्र. आचार्य, आन्तरीक लेखा परिक्षण विभाग प्रमुख शुसिल कुमार बुढा लगायतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै संस्थाका अध्यक्ष टेक ब. बोहराले लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्डको व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गर्न निर्देशन तथा सुझाव दिनुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]