बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सेमलार र बाँसगढीको कार्यक्षेत्रमा पर्ने बुटवल उपमहानगर पालिका, रानीवगिया, रुपन्देही स्थित सैनामैना माध्यमिक विद्यालयलमा पिउनेपानी स्वच्छ बनाउनका लागि फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको पानी प्रशोधन उपकरण जडान गरी हस्तान्तरण गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्याल र प्राचार्य नेत्रलाल पुरीलाई विद्यालयमा आयोजित हालै एक समारोहका बीच सो पानी प्रशोधन उपकरण हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै प्रमुख कार्यकारी अधिकृत कार्कीले सामुदायिक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न संस्थाले पानी प्रशोधन उपकरण जडान गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष फाईदा पुग्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्यालले विद्यालयलाई पानी प्रशोधन उपकरण उपलब्ध गराई सहयोग गरेकोमा धन्यवाद दिंदै संस्थाको प्रगतिको कामना गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
उक्त कार्यक्रममा संस्थाका विभागिय प्रमुख नारायण भट्टराई, किरण काफ्ले, क्षेत्रीय प्रवन्धक मोतिराम अधिकारी, इलाका कार्यालय शंकरनगरका प्रमुख संझना सिग्देल, शाखा कार्यालय सेमलारका नि. शाखा प्रवन्धक अर्जुन आचार्य, लगायत विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको स्वागत मन्तब्य विद्यालयको तर्फबाट उप प्राचार्य यमानन्द चालिसेले गर्नु भएको थियो । हाल यस विद्यालयमा कक्षा १ देखि १२ सम्म गरी १ हजार २ सय विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।
राष्ट्रिय स्तरमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य सामाजिक क्षेत्रमा कार्यक्रमहरू गर्दै आएको छ ।
