Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

२०७६ माघ २५ गते


बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले माघ २७ गते सोमवार उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड बराबरको ट्रेजरी विक्री गर्न लागेको हो । योे ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।
(ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।)

Ad