February 7th, 2020

साताको शेयर बजार : बीमा कम्पनीहरुको कारोबार धेरै

बैंकिङ खबर । गत साताको तुलनामा यो साता शेयर बजार सामान्य मात्रै बढेको छ । गत साता १३२५.३८८७ अंकमा बन्द भएको बजार यो साता १३३३.६९१ अंकमा बन्द भएको छ । साताको आइतबार उल्लेख्य रुपमा बढेको बजार सोमबार सामान्य बढे पनि मंगरबारदेखि निरन्तर घटेको छ । सेन्सिटिभ इन्डेक्स २८४.०५ अंकमा छ ।

कारोबार रकम
साताभरमा सात अर्ब ३९ करोडको कारोबार भएको छ । बीमा कम्पनीहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै २७ करोड ३१ लाखको कारोबार हुँदा नेको इन्स्योरेन्सको २३ करोड ६७ लाख, सूर्या लाइफ इन्स्योरेन्सको २२ करोड, ग्रामीण विकास लघुवित्तको २० करोड ९० लाख र नेपाल लाइफ इन्स्योरेन्सको २० करोड ८६ लाखको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको १९ करोड ६३ लाख, सिभिल बैंकको १९ करोड ४० लाख, गुराँस लाइफ इन्स्योरेन्सको १९ करोड २२ लाख, एनआईसी एशिया बैंकको १८ करोड ३४ लाख र ग्लोबल आईएमई बैंकको १८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार पुँजीकरणमा नेपाल टेलिकम अग्रस्थानमा छ, जसको ९३ अर्ब ६० करोड पुँजीकरण भएको छ । सिभिल बैंकको सबैभन्दा धेरै कित्ता शेयर खरिदविक्री भएका छन् । पाँच दिनमा बैंकको १२४५ कित्ता शेयर खरिदविक्री भएका छन् । सबैभन्दा धेरैपटक शेयरको किनबेच हुने कम्पनीको अग्रस्थानमा ग्लोबल आईएमई बैंक रहेको छ, जसको शेयर २१७५ पटक किनबेच गरिएको छ ।

शेयर सूचिकरण
यो साता दुई वटा वाणिज्य बैंक, एउटा विकास बैंक र एउटा लघुवित्त गरी चार वटा कम्पनीको बोनस शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका छन् । प्रभु बैंकको एक करोड ४२ लाख २८ हजार दुई सय ८९ दशमलव पाँच कित्ता शेयर सूचिकृत भएको छ । गरिमा विकास बैंकको ४५ लाख तीन हजार दुई सय १४ दशमलव ३१ कित्ता, सानिमा बैंकको ८० लाख एक हजार दुई सय ५५ दशमलव ४४ कित्ता र आशा लघुवित्तको दुई लाख ४८ हजार आठ सय ८० कित्ता शेयर पनि सूचिकृत भएका छन् । अर्को सातादेखि यी कम्पनीहरुको शेयर कारोबार हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]