February 5th, 2020

सहज छैन अबको गभर्नर बन्न


अपेक्षा ढुंगाना । बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रिया ढिला हुन थालेको छ । पाँच वर्षे कार्यकाल पूरा गरी वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी चैत ५ गते अवकाश पाउदै छन् । नेपाल राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नरको पद रिक्त हुनु एक महिना अगाडि नै अर्को गभर्नर नियुक्त गरिसक्नुपर्ने प्रावधान रहेकोमा अब सरकारले आगामी फागुन ५ गतेभित्र नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने छ ।
यसअघिका गभर्नर डा. युवराज खतिवडाको पालोमा पनि गभर्नर नियुक्ति गर्न ढिला हुँदा खतिवडा अन्तिम दिनसम्म राष्ट्र बैंक जानुपरेको थियो ।

कसरी छानिन्छन् गभर्नर :
गभर्नर छान्न एउटा समिति गठन गरीन्छ । गभर्नर सिफारिस गर्ने समितिको अध्यक्षमा अर्थमन्त्री रहेका हुन्छन् । समितिबाट सिफारिस भएकाहरु बाट एक जनालाई नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ । समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक तथा वित्तीय क्षेत्रमा विज्ञ ब्यक्तिहरूबाट दुईजना छान्नेछन् भने राष्ट्र बैंकका डेपुटी गभर्नरहरु बाट एक जना छान्नेछन् । यसरी समितिले कुल ३ जनाको नाम सिफारीस गरी मन्त्रिपरिषदमा पठाउँछ र परिषदले तिनै सिफारिस नामबाट एक जनाको नाम स्वीकृत गरी गभर्नर नियुक्त गर्छ ।

सहज छैन अबको गभर्नर बन्न :
अबको नयाँ नियुक्त हुने गभर्नरलाई सहज नहुने भएको छ । अब आउन लागेको अर्थमन्त्रालयले प्रस्ताव गरेको विधेयकमा जुनसुकै बेला गभर्नर हटाउन सक्ने प्रस्ताव संसदमा पेश भई संशोधन प्रक्रिया अघि बढिसकेको छ । मन्त्रालयले प्रस्ताव गरेअनुसारको विधेयक पारित भएमा राष्ट्र बैंकका गभर्नरलाई सरकारले जुनसुकै बेला पनि हटाउन सक्छ । त्यसैले अबको गभर्नरले बैंक तथा वित्तीय संस्थाको काम कारबाहीमा कुनै पनि तवरले हेलचेक्राई वा अनावश्यक ढिलासुस्ती गरेमा उनले पदबाट हात धुनुपर्ने हुनसक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]