बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आफ्नो प्रदेश नं.२ मा रहेको १७ वटा शाखा कार्यालयको चालु आ.व.२०७६/०७७ को अर्ध वार्षिक समीक्षा बैठक माघ १७ गते बर्दिवास, महोत्तरीमा सम्पन्न गरेको छ । कार्यक्रममा लक्ष्य अनुसार प्रगति भए नभएको, प्रगति हुनु र नहुनुको कारण, काम गर्दा आई परेको समस्या, चुनौती तथा समाधानका उपायहरु वारे छलफल भएको थियो । कार्यक्रममा शाखा प्रवन्धक, ईलाका प्रवन्ध र केन्द्रीय कार्यालका प्रतिनिधि गरी १९ जनाको सहभागिता रहेको थियो । साथै, समीक्षा बैठकमा सहभागीहरुलाई कर्जा लगानी विस्तारका लागि अपनाउनु पर्ने रणनीति तथा धितो कर्जा लगानी पूर्व जग्गा पहिचान र मूल्याङकन प्रकृया वारे प्रशिक्षण दिईएको थियो ।
बैठकको समापन गर्दै कार्य सञ्चालन विभाग प्रमुख दीपक श्रेष्ठले शाखागत लक्ष्य प्राप्ती गर्नको लागि आफ्नो सेवा बिस्तार गर्न लक्षित समुदायमा पुगी संस्थाले दिने सेवा वारे जानकारी गराउनु पर्नेमा जोड दिनुभएको थियो ।