बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थालेले खुद मुनाफा बढाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो आवको यसै अवधिको तुलनामा २३१ प्रतिशतले बढाएको हो । लघुवित्तको अन्य सूचकमा पनि उल्लेखनीय सुधार आएको छ । पुस मसान्तसम्मको रिपोर्ट अनुसार आशा लघुवित्तले २ करोड ७० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ८१ लाख ६४ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो। कम्पनीले चुक्ता पुँजी पनि १४ करोड रुपैयाँबाट बढाएर २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ। कम्पनीले समीक्षा अवधिमा जगेडा कोष ६ करोड २९ लाख रुपैयाँ छ। अघिल्लो आवको यसै अवधिमा ७९ लाख ३५ हजार रुपैयाँ मात्रै रहेको थियो। गत आर्थिक वर्षको ६ महिनाको अवधिमा लघुवित्तले ६५ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ३३ करोड ५९ लाख सापटीबाट २ अर्ब १९ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट लघुवित्तले ८ करोड २६ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । लघुवित्तको वार्षिक प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ १२ पैसा र मुल्य आम्दानी अनुपात २५.५६ गुणा छ।