Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२०० बढी कम्पनी खराब कम्पनीको सुचिमा, १२ बैंक ए वर्गमा

२०७६ माघ १५ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम सुचिकृत कम्पनीहरुको दोस्रो त्रैमासको अध्यावधिक बर्गिकरण सार्बजनिक गरेको छ । जसअनुसार, ए वर्गमा १२ बैंक परेका छन् । बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापूच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सानिमा बैंक र स्टान्डर्ड चार्टर्ड बैंक ए वर्गमा परेका छन् ।

समुह ’बि’मा भने कुनै कम्पनी परेका छैनन् । जी वर्गमा ३२ वटा कम्पनी छन् । नबिल, एभरेष्ट बैंक लगायतका कम्पनीहरु बन्द भैसकेका बुटवल स्पिनिङको बर्गमा बर्गिकरण भएको छ ।

नेप्सेमा सुचिकृत करिब २०० बढी संस्थाहरु ’जेड’ बर्ग अर्थात खराब कम्पनीको सुचिमा परेका छन् । सुचिकृत अधिकांश कम्पनीहरुले उपलब्ध गराएको कागजातमा क्रेडिट रेटिङ नभएको पाईएपछि उनीहरुलाई खराब कम्पनीमा बर्गिकरण गरिएको नेप्सेले जनाएको छ ।

Ad