२०७३ असार १६ गते

विहिबारको नेप्से : घट्यो परिसूचक, राष्ट्रिय बीमा कम्पनि र मिथिला लघुवित्तका शेयरधनीले धेरै कमाए

economicसाताको अन्तिम दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक १.३६ अंकले घटेर १७२३.२३ अंकमा कायम भएको छ । विकास बैंक, फाइनान्स, बीमा र अन्य समूहबाहेक सबै समूह घटेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह २४.१९ अंकले घटेको छ भने वाणिज्य बैंक, होटल र उत्पादनमूलक क्रमशः १३.७३, ३.११ र ९.९७ अंकले घटेका छन् । बीमा, विकास बैंक, फाइनान्स र अन्य क्रमशः ६८.६७, ३७.३९, ६.६१ र ३.३५ अंकले बढेका छन् । 

बजार घटेपनि कारोबार भने बढेको छ । दिनभरिमा १ सय ४२ वटा कम्पनिको २३ लाख २७ हजार ४ सय ६४ कित्ता शेयर ६ हजार ५ सय १५ पटक खरिदविक्रि हुँदा १ अर्ब ७५ करोड ४४ लाख ६ सय २० रुपैयाँको कारोबार भएको छ । बुधबार १ अर्ब ५८ करोडको कारोबार भएको छ । 

एफपीओसम्बन्धि विवादका कारण रोक्का भएको नेपाल लाइफ इन्स्योरेन्सको कारोबार खुलेकै दिन १८ करोड २४ लाख १५ हजार ८ सय ७९ रुपैँयाको कारोबार भएको छ । त्यस्तै, ग्रामीण विकास बैंकको ९ करोडमाथिको शेयर कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनिको प्रोमोटर शेयरको ८ करोडमाथिको कारोबार भएको छ । मेगा बैंक र नेको इन्स्योरेन्सको ६ करोडमाथिको कारोबार हुँदा एभरेष्ट बैंक र फस्र्ट माइक्रोफाइनान्सको ५ करोडमाथिको कारोबार भएको छ । रुरल माइक्रोफाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनि लगायतको ४ करोडमाथिको शेयर कारोबार भएको छ । 

राष्ट्रिय बीमा कम्पनि र मिथिला लघुवित्तका शेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने युनियन फाइनान्सका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । कालिका माइक्रोक्रेडिट, ग्रामीण विकास बैंक, नागबेली विकास बैंक, एनआईबीएल समृद्धि फण्ड १, राप्तीभेरी विकास बैंक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा सेती फाइनान्स, गुडवील फाइनान्स, सेन्चुरी कमर्सियल बैंक, एभरेष्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक लगायत छन् ।