January 24th, 2020

साताभर शेयर बजार रातै, ग्लोबल आईएबई बैंकमा झुम्मिए लगानीकर्ता

बैंकिङ खबर । यो साता शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । गत साता १३१०.२३१ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १२९७.४७६३ अंकमा कायम भएको छ । सोमबार बाहेक सबै दिन परिसूचकमा गिरावट आएको थियो । त्यस्तै, सेन्सिटिभ इन्टडेक्स २७८.७२२४ अंकमा झरेको छ ।

कारोबार रकम
कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा रहेको छ । बैंकको ८० करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ४८ करोड ५५ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ४८ करोड २७ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २७ करोड ३३ लाख रुपैयाँ, शिभम सिमेन्ट्सको २६ करोड ५५ लाख रुपैयाँ, नेपाल बैंकको २४ करोड ५४ लाख रुपैयाँ, हिमालप बैंकको प्रोमोटर शेयर २४ करोड ४६ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको २४ करोड ३३ लाख रुपैयाँ, एनसीसी बैंकको २४ करोड १६ लाख रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सको २० करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बजार पुँजीकरण
बजार पुँजीकरणका आधारमा यो साता नेपाल टेलिकम अग्रस्थानमा छ, जसको ९४ अर्ब पाँच करोड रुपैयाँ पुँजीकरण भएको छ । त्यस्तै, नविल बैंकको ७३ अर्ब ३२ करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योन्सको ६० अर्ब ४५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ५६ अर्ब ५९ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको ५६ अर्ब १६ करोड रुपैयाँ, एभरेष्ट बैंकको ५१ अर्ब ५८ करोड रुपैयाँ, एनएमबि बैंकको ४९ अर्ब ५२ करोड रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको ४८ अर्ब ८६ करोड रुपैयाँ, हिमालयन बैंकको ४८ अर्ब ३० करोड रुपैयाँ र एनआईसी एशिया बैंकको ४५ अर्ब ८६ करोड रुपैयाँ पुँजीकरण भएको छ ।

किनबेच भएको शेयर संख्या
यो सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको २६२९ कित्ता शेयर खरिदविक्री भएका छन् । त्यस्तै, एनसीसी बैंकको १०६१ कित्ता, नेपाल बैंकको ८६२ कित्ता, प्रभु बैंकको ७७० कित्ता, सूर्या लाइफ इन्स्योरेन्सको ६०० कित्ता, एनआईसी एशिया बैंकको ५६९ कित्ता, शिभम सिमेन्ट्सको ४९७ कित्ता, सिभिल बैंकको ४९३ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको ४४६ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको ४०२ कित्ता शेयर खरिदविक्री भएका छन् ।

शेयर खरिदविक्री
यो साता ग्लोबल आईएमई बैंककै शेयर सबैभन्दा धेरै पटक किनबेच भएको छ । बैंकको शेयर ६५२२ पटक किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको शेयर २८९१ पटक, सूर्या लाइफ इन्स्योरेन्सको २४९४ पटक, एनसीसी बैंकको २३४२ पटक, शिभम सिमेन्ट्सको २१६७ पटक, एनआईसी एशिया बैंकको २००८ पटक, हिमालयन डिस्टीलरीको १९७८ पटक, प्राइम लाइफ इन्स्योरेन्सको १६६२ पटक, प्रभु बैंकको १६४६ पटक र नेपाल बैंकको शेयर १५२६ पटक किनबेच भएका छन् ।

शेयर सूचिकरण
यो साता एउटा कम्पनीको मात्रै शेयर नेपाल स्टक एक्सचेञ्जमा कारोबारका लागि सूचिकृत भएको छ । प्रभु बैंकको १० लाख कित्ता डिबेञ्चर सूचिकृत भएको छ । अर्को सातादेखि डिबेञ्चरको कारोबार सुरु हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]