Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल पुनर्बीमा कम्पनीले पुँजी घटाउने, अदालतले दियो स्वीकृति

२०७६ माघ ९ गते

बैंकिङ खबर । नेपाल पुनर्बीमा कम्पनीले पुँजी घटाउने भएको छ । उच्च अदालत पाटनले कम्पनीलाई पुँजी घटाउन स्वीकृति दिएको छ ।

कम्पनीका तर्फबाट तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले उच्च अदालत पाटनमा पुँजी घटाउन निवेदन दिएका थिए । अदालतले निवेदन अनुसारकै स्वीकृति दिएको हो ।

अब कम्पनीको अधिकृत पूँजी १५ अर्ब तथा चुक्ता तथा जारी पूँजी १० अर्ब कायम रहने भएको छ ।

यससँगै अब कम्पनीलाई आईपिओ निष्काशन गर्ने बाटो पनि खुलेको छ । कम्पनीले एक करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ जसपश्चात् कम्पनीको चुक्तापुँजी १० अर्ब पुग्नेछ ।