January 22nd, 2020

अमोरका वालवालिकालाई कालिकाको सहयोग


बैंकिङ खबर । स्याङ्जाको फेदीखोला–१ स्थित अमोर वाल गृहलाई स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले मंगलबार रु. १ लाख नगद सहयोग गरेको छ । आमाबुवा नभएका अनाथ वालवालिकाहरुको संरक्षण तथा लालन पालन गर्दै आएको अमोर वालगृहमा गण्डकी प्रदेश सभा सदस्य तथा विधायन समिति सभापति मोहन रेग्मीको प्रमुख आतिथ्यतामा कालिका लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक कृष्ण खाँण, प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा, बरिष्ठ प्रबन्धक केशव प्रधान, पायनियर कलेजका प्राध्यापक नासिर खान एवं पत्रकार लगायतको उपस्थितिमा वालगृहका अध्यक्ष कमला पराजुलीलाई चेक मार्फत उक्त सहयोग हस्तान्तरण गरेको हो ।
सहयोग वितरण कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य तथा विधायन समिति सभापतिमोहन रेग्मीको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रेग्मीले वाल गृहको भौतिक पुर्वाधार विकास तथा वाल गृह सम्म पुग्ने बाटो मर्मत एवं पक्की बनाउनको लागि सहयोग गर्ने तथा सहयोग खोज्ने प्रतिवद्धता गर्नुभयो ।
संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी गराउनुभयो । वाल गृहमा हाल २० जना अनाथ वालवालिकाहरु रहेको र वाल गृह संचालनको लागि विदेशी संघ संस्थाहरुको सहयोग नलिई मुठी दान र स्वदेशी दाताहरुबाट नै गृह सञ्चालन गरिरहेको गृहका अध्यक्ष पराजुलीले बताउनुभएको थियो । उहाले हाल वालवालिकाहरुको संख्या बढ्दै गएकोले थप नयाँ भवन बनाउनको लागि दाताहरुको खोजी गरिरहेको समेत बताउनुभयो ।
कालिका लघुवित्तले गत पौष २३ गते जनसेवी लघुवित्त वित्तीय संस्था लि.लाई गाभेर एकिकृत कारोवार गरेको अवसर संगाल गृहलाई सहयोग गरेको हो । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा कार्यालयहरुबाट करिब ६० हजार सदस्यहरुलाई सेवा पुर्याइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]