January 21st, 2020

सप्तरीकोे रुपनीमा आशा लघुवित्तद्धारा सिप मूलक तालिम सम्पन्न


बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय रुपनी सप्तरीमा आबद्ध सदस्यहरु मध्ये ७८ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलार्ई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख राजेश भण्डारीले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धीभई त्यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुखहुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २ हजार २ सय ६५ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीप मूलक तालिमहरु प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैंकबाट‘घ’वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गते बाटकारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दाबढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हाल सम्म करीब रु. २ अर्ब २३ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ६५करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]