January 21st, 2020

हिमालयन बैंकको एफपीओ नआउने

बैंकिङ खबर । हिमालयन बैंकले थप सार्वजनीक निष्काशन (एफपीओ)जारी नगर्ने भएको छ । बैंकले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम गर्न एफपिओ जारि गर्ने चर्चा चलेको थियो । तर, अब एफपीओ नआउने निश्चित भएको छ । बैंकले संस्थापक शेयरलाई नै साधारण शेयरमा परिवर्तन गर्ने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकमा प्रस्ताव पठाइसकेको छ ।

हाल हिमालयन बैंकको संस्थापक र साधारण शेयर संरचना ८५ः१५ प्रतिशत रहेकोमा राष्ट्र बैंकले त्यस अनुपातलाई ७०ः३० कायम गर्न निर्देशन दिएको थियो । बैंकले १५ प्रतिशत संस्थापक शेयरलाई साधारणमा परिणत गरी शेयर संरचना मिलाउने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]