January 19th, 2020

नेशनल माइक्रोफाइनान्सद्धारा चिसो प्रभावितलाई न्यानो कपडा वितरण


बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढले अत्यधिक चिसो प्रभावित ग्राहक सदस्यहरुलाई न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सिम्रौनगढस्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाको शाखाकार्यालय सिम्रौनगढमा आवद्ध रहेका ग्राहक सदस्यहरुमध्ये दलित तथा विपन्न परिवारका ५५ जना सदस्यहरुलाई संस्थाको समाजिक उतरदायीत्व अन्तर्गत एक एकथान न्यानो कपडा कम्बल वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, विशिष्ठ अतिथीमा सिम्रौनगढ न.पा. वडा नं ७ र ८ का वडाध्यक्षहरु क्रमशः रमेश प्र. कुशवाहा, दामोदर प्रसाद साह, अतिथीहरुमा कंकालीउच्चं मा.वि. व्यवस्थापन समितीको अध्यक्ष रहमान अंसारी, शिक्षकहरु समाजसेवी, बुद्धिजिवी ,विभिन्न पार्टी प्रतिनिधी, पत्रकारहरु, कर्मचारीहरु, सदस्य तथा अभिभावकहरु गरि करीब १०० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अतिथीहरुलाई स्वागत मन्तव्य शाखा प्रमुख जयप्रकाश मंडलले गर्नु भएको थियो भने कार्यक्रमलाई संचालन विभागीय प्रमुख सिताराम पंडितले गर्नु भएको थियो । कार्यक्रममा वडाध्यक्ष रमेश प्रसाद कुशवाहाले सिम्रौनगढ शाखा कार्यालयमा आवद्ध रहेका सदस्यहरु मध्ये विपन्न दलित५५ जना सदस्यहरुलाई संस्थाले अत्यधिक चिसो कम गर्न कम्बल वितरण कार्यक्रम गरेको उदाहरणीय रहेको व्यक्त गर्दै यस किसिमको सहयोग न.पा.ले गर्नुपर्नेमा नेशनल संस्थाको कम्बल बितरण कार्यक्रमको उच्च कदर गर्दै सम्मान तथा अभार प्रकट गर्नु भएको थियो । यस्तै अर्का वडाध्यक्ष दामोदर प्रसाद साहले सिम्रौनगढ अन्तर्गत रहेको लघुवित संस्थाहरु मध्ये नेशनल माइक्रोफाइनान्सको बैंकिगं कार्यको साथै समाजिक कार्यमा गरेको यस किसिमको कार्यले छुटै छवि बनाएकोमा नेशनललाई धन्यवाद दिनुभएका थियो । कार्यक्रममा प्रमुख अतिथी रामबहादुर यादवले संस्थाले बित्तीय सेवाको साथै गैर बित्तीय सेवा तर्फ समते सचेत रहि सदस्यतथा समुदायको हकहितको लागि सैदव विभिन्न कार्यहरुको माध्यमबाट सेवा प्रदान गर्दै आएको तथा भविष्यमा समेत समाजिक उत्तरदायित्व अन्तर्गतको कार्यहरु निरन्तर गरि राख्ने उल्लेख गर्नुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]