January 19th, 2020

जाल्पा लघुवित्तका अध्यक्ष एवं सञ्चालकद्वारा सपथ ग्रहण

बैंकिङ खबर । जाल्पा लघुवित्त वित्तीय संस्थाको मिति २०७६ पुष २९ गते सम्पन्न भएको प्रथम बार्षिक साधारणबाट निर्विरोधरुपमा अर्जुन श्रेष्ठ, वीर बहादुर अधिकारी, मिन प्रसाद शर्मा भट्टराई र सरस्वती बराल सञ्चालक समितिमा निर्वाचित हुनु भएको छ । सञ्चालक समितिको २०७६ माघ २ गते बसेको बैठकबाट सर्वसम्मत रुपमा अर्जुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । २०७६ माघ ३ गते नेपाल राष्ट्र बैंक पोखराका निर्देशकबाट अध्यक्ष अर्जुन श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भयो भने अन्य तीन जना सञ्चालकहरुले नेपाल राष्ट्र बैंकको कार्यकक्षमै अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]