January 19th, 2020

स्पर्स लघुवित्तको सिपमुलक तालिम सम्पन्न


बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्थाको नौडाँडा शाखाले सदस्यहरुको लागि आधारभुत ३ दिने क्रिष्टलका सामानहरु बनाउने तालिम सम्पन्न गरेको छ । कास्कीको नौडाँडामो समापन भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका ३० जना सदस्यहरु सहभागी भएकाथिए । तालिममा चुरा, पोते, औंठी, टप लगायतका सामग्रीहरु ब्नाउन सिकाइएको थियो ।
कार्यक्रमको समापन काक्रममा वित्तीय संस्थाका सहायक प्रवन्धक सुदिप आचार्यले प्रमाण–पत्र वितरण गर्दै, वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा प्रवाह गर्नुका साथै यस्ता शिपमुलक तालिमहरु आयोजना गरि आम्दानीका स्रोत बढाउन तथा कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्ने तथा वित्तीय संस्थाको संचालनमा रहेका २० वटै शाखा कार्यालयहरुमा यस्ता शिपमुलक तालिम संचालन गरिने बताउनुभयो । कार्यक्रममा रविना रिजालले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]