January 17th, 2020

ऋणपत्र निष्काशनका लागि कृषि विकास बैंकलाई अनुमति, कति पाइन्छ व्याज ?

बैंकिङ खबर । कृषि विकास बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति पाएको छ । अब बैंकले छिटै एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नेछ । कुल २५ कित्ता मध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गरिनेछ । ७ बर्षे अवधिको यो ऋणपत्रमा १०.३५ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्न बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]