January 17th, 2020

नेपाल लघुवित्त बैंकर्स सघं (NMBA) ले लघुवित्त कार्यक्रमको Impact Study गर्ने


बैंकिङ खबर । नेपाल लघुवित्त बैंकर्स सघं (NMBA) ले Center for Microfinance (CMF) को सहकार्यमा नेपालमा संचालित लघुवित्त कार्यक्रमले समाजमा पारेको सामाजिक तथा आर्थिक प्रभाव अध्ययन (Microfinance Impact Study) गर्न लागेको छ । अर्थशास्त्री डा. विश्व पौडेलको नेतृत्वमा र नेपाल प्रशासनिक प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा काठमाण्डौं विश्व विद्यालय School Of Management  डिन प्राध्यापक सुभास के.सीको निगरानीमा सम्पन्न हुन लागेको उक्त अध्ययन गराउन नेपाल लघुवित्त बैंकर्स सघं (NMBA) र Center for Microfinance (CMF) बीच संझौता भएको छ । नेपाल लघुवित्त बैंकर्स सघं (NMBA) का अध्यक्ष बसन्त राज लम्साल र Center for Microfinance (CMF) का कार्यकारी अध्यक्ष रेवत बहादुर कार्कीद्वारा हस्ताक्षर भएको उक्त संझौता पत्रमा १ वर्ष भित्रमा अध्ययन कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । उक्त हस्ताक्षर कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स सघं (NMBA) का अध्यक्ष बसन्त राज लम्सालले यस अध्ययनले नेपालमा लघुवित्त कार्यक्रमको अवस्था र यसले गरिवी न्युनिकरणमा खेलेको भूमिका तथा सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको प्रभाव छर्लङ्ग हुनेमा विस्वस्त रहेको र नेपाल लघुवित्त बैंकर्स सघं (NMBA) ले आगामि दिनमा पनि यस्ता खोज मुलक कार्य Resarch गर्ने बताउनु भयो । उक्त कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स सघं (NMBA) का महासचिव रामबहादुर यादव, लघुवित्त विद् जलन शर्मा, प्राध्यापक सुभास के.सी लगायत नेपाल लघुवित्त बैंकर्स सघं (NMBA) र Center for Microfinance (CMF)   का अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]