झन्झन् घट्दै राष्ट्रिय स्तरका विकास बैंकहरु

बैंकिङ खबर । राष्ट्रिय स्तरका विकास बैंकहरु घट्ने क्रम अझै रोकिएको छैन । हाल संचालनमा रहेका ११ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये तीन वटा विलयको क्रममा रहेका छन् ।

मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, कैलाश विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, देवः विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक हाल संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंक हुन् ।

कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिने अन्तिम चरणमा छ भने गण्डकी विकास बैंक पनि मेगा बैंकमा गाभिन लागेको छ । त्यस्तै, देवः विकास बैंकले कुमारी बैंकमा विलय हुने सम्झौता गरेको छ । अरु विकास बैंकहरु पनि साधारणसभाबाट मर्जरको बाटो खोलेर पार्टनरको खोजीमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.