January 16th, 2020

स्वस्तिक लघुवित्तको प्रथम साधारणसभा सम्पन्न


बैंकिङ खबर । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले प्रथम साधारण सभा सम्पन्न गरेको छ । वित्तीय संस्थाको संचालक समिति अध्यक्ष सत्य नारायण झाको अध्यक्षता, उद्योग बाणिज्य संघ, लहानका अध्यक्ष अशोक लाल अमात्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सत्य नारायण झा ले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त साधारण सभामा कम्पनी सचिव तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले आ.व. २०७५/०७६ को अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको वार्षिक प्रतिवेदन सहितको आ.व. २०७५/०७६को सम्पुर्ण वित्तीय विवरणहरु माथि छलफल, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, सम्वन्धि सामान्य प्रस्ताव पेश गर्नु भएकोमा साधारण सभाले उक्त सम्पुर्ण प्रस्ताव पास गरेको छ । त्यस्तै संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी समुह (क) अन्तर्गत ४ जना संचालकका लागी भएको निर्वाचन निर्विरोध भएको घोषणा निर्वाचन अधिकृत नारायण वस्तीले गर्नु भयो । नवनिर्वाचित संचालकहरु सत्य नारायण झा, डा. प्रमोद कुमार झा, सुधांशु शेखर झा र रवि सेन साह रहेका छन् । साथै सोही दिन बसेको संचालक समितिको बैठकले संचालक सत्य नारायण झालाई अध्यक्षमा चयन गरेको छ ।
विशेष प्रस्तावका रुपमा भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति/समाहित (Acquisition) हुने प्रयोजनका लागि सम्पुर्ण आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पास भएको छ । साधारणमा सभामा शेयरधनीहरुले उठाएको प्रश्न तथा जिज्ञाशाहरुको जवाफ अध्यक्ष झा र स्वतन्त्र संचालक गुलाव कुमार चौधरीले दिनु भएको थियो ।। उक्त कार्यक्रमको संचालन लेखाविभाग प्रमुख तोयानाथ पोखरेलले गर्नु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]