January 15th, 2020

मिर्मिरेका लगानीकर्ताद्धारा बोहरा र फुयाल सम्मानित

बैंकिङ खबर । काभ्रेपलान्चोक जिल्लाको बनेपा पुलबजारमा केन्द्रीय कार्यालय रही देशभर सातै प्रदेशमा कार्य बिस्तार गरि उनानसाठी शाखा कार्यालयहरु मार्फत करिब बैसठी हजार बिपन्नबर्गका सेवाग्राहीहरूलाई लघुवित्तीय सेवा प्रवाह गरिरहेको नेपाल राष्ट्र बैंक बाट घ बर्गको अनुमति प्राप्त मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाको नवौं बार्षिक साधारण शभा कार्यक्रमको अवसरमा संस्थालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउदै विविध चुनौती,आरोह,अवरोहको वावजुद यस स्थानसम्म ल्याउन अथक मेहनत गरि सफल रहेको भन्दै संस्थापक शेयरधनि तथा लगानीकर्ता परिवारको तर्फबाट संस्थापकद्वय राम प्रसाद भण्डारी र प्रकाश कोइरालाले संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहरालाई सम्मान गरेका हुन् । साथमा संचालक सन्तोष फुयाललाई पनि संस्था संचालनमा अहम भूमिका निर्वाह गर्न सफल रहेको भनि सम्मान पत्रप्रदान गरीएको थियो । संस्थाको सभा भव्यताका साथ काभ्रेको धुलिखेल स्थित मिरायावल रिसोर्टको गुरांश सभाहलमा सम्पन्न भएको थियो । साधारण सभाको लागी पुर्व प्रकाशित सूचनाद्धारा पुर्व निर्धारित समय अनुसारनै सोमबार बिहान ११स् ४५ मा कार्यक्रमको आरम्भ भई दिउसो २ बजे कार्यक्रम समापन भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर बोहराको सभा अध्यक्षतामा संचालन भएको थियो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]