January 13th, 2020

स्पर्स लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा पोखरा स्थित होटल बाराहीमा सम्पन्न भएको छ । संस्थाको आईतवार सम्पन्न साधारण सभाले १३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्था संचालक समितिका अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाको अध्यक्षतामा भएको साधारणसभामा संस्थाले आर्थिक बर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरिक्षण प्रतिवेदन, आर्थिक बर्ष २०७६।०७७ को लागि लेखा परिक्षक नियुक्ति एवं संचालक समितिले प्रस्ताव गरे अनुसारको बोनस शेयरको कर बापतको नगद रकम रु.५ लाख ६७ हजार ६ सय ४२ नगद लाभांश वितरणको लागि स्वीकृति दिने प्रस्ताहरुमाथि छलफल गरी निर्णय गरेको छ ।
संचालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजारको १३ प्रतिशतले हुनआउने रु १ करोड ७ लाख ८५ हजार १९० बोनस शेयर गरी संस्थाको कुलचुक्ता पँुजी वृद्धि गरी ९ करोड ३७ लाख ४८ हजार १९० पुर्याएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताउनुभयो ।
सर्वसाधारण शेयरधनिको तर्फबाट संचालक समितिको प्रतिनिधित्वको लागि निर्बिरोध निर्वाचित संचालकहरुमा नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता खगेन्द्रराज घिमिरेले घोषणा गर्नु भयो ।
वित्तीय संस्थाले एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ साथै सो पश्चात हुन आउने पूँजीको १ः१ हकप्रद शेयर जारी गरी चुक्तापुँजिमा वृद्धि गरि संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउनको लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
साधारण सभामा उपस्थित सदस्यहरुलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले स्वागत तथा शेयरधनिहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ तथा समाधान अध्यक्ष माथेमाले गर्नुभएको थियो । यस्तै उपस्थित सम्पुर्ण शेयरधनीहरुलाई वित्तीय संस्थाका संचालक डा. सुरेन्द्र न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रको संचालन वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप आर्चायले गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]