January 12th, 2020

बाराकोे आदर्शकोटवालमा आशालघुवित्तको सिपमूलक तालिम सम्पन्न


बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय आदर्श कोटवाल बारामा आबद्ध सदस्यहरु मध्ये ११०जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने झोल साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै आदर्श कोटवाल गा.पा. प्रमुख मोहम्मद मुस्तफा अन्सारीले यस्ता कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने ब्यक्त गर्नु भयो साथै उत्त mकार्यक्रमलाई सम्बोधन गर्दै गा.पा. उपप्रमुख मतिपुनम देबी साहले तालिम पश्चात महिलाहरुलाई लघु उद्यम गर्नका लागी थप सहयोग पुग्ने बताउनुभयोे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख प्रभु कुमार यादवले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धीभई त्यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगाधुने झोल सर्फ तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २ हजार १ सय ५५ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीप मूलक तालिमहरु प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीप मूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैंकबाट‘घ’वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘भन्ने मुलनाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब रु. २ अर्ब १८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ६३करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]