January 10th, 2020

ग्रामीण विकास लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा संस्थाका अध्यक्ष माणिकरत्न शाक्यले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आ.व. २०७५/७६ को आषाढ मसान्तसम्म देशका सातवटै प्रदेशमा १८८ वटा इलाका/शाखा कार्यालय मार्फत विभिन्न ३६३ स्थानीय तहहरूमा लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पु¥याएको र उक्त अवधिमा सम्पूर्ण कारोवार पछिको मुनाफा रू. ३२ करोड ११ लाख ६५ हजार गरेको बताउनु भयो । यसैगरी लगानीमा रहेको बाँकी कर्जा रू. ९ अर्ब ९० करोड र बचत परिचालन रू. ३ अर्ब २३ करोड रहेको बताउनु हुँदै अध्यक्ष शाक्यले समीक्षा अवधिमा गत वर्षको तुलनामा मुनाफामा २८.१४ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १४.३७ प्रतिशत र वचत परिचालनमा १७.९७ प्रतिशतले बृद्धि भएको विवरण पेश गर्नुभयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले स्वागत मन्तव्यका क्रममा गरिबी न्यूनिकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु हुँदै संस्थाको विविध पक्षका वारेमा प्रकाश पार्नु भएको थियो ।

सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनी नारायण पन्थीले साधारण सभामा आफ्नो राय, सुझाव पेश गर्नु भएको थियो । साधारण सभामा शेयरधनीहरुले उठाएको जिज्ञासाका सम्बन्धमा संचालक समितिका अध्यक्ष माणिकरत्न शाक्य र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले जवाफ दिनु भएको थियो । यस क्रममा अध्यक्ष शाक्यले नेपाल सरकार र नेपाल राष्ट्र बैंक समेतको लगानी रहेकोे राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै शेयरधनी एवं ग्राहक सदस्यहरुको हित संरक्षण गर्न र शेयरधनीहरुलाई उचित प्रतिफल दिन योजनावद्ध ढंगले कार्य गरिरहेको बताउनु भयो ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले संस्थाको समग्र वित्तीय अवस्थामा क्रमशः सुधार भईरहेको, हकप्रद शेयर जारी गरे पश्चात हाल संस्थाको जारी तथा चुक्ता पु“जी रू.९८ करोड २५ लाख पुगेको र पु“जी बृद्धिसगै संस्थाको पुजीकोष थप मजवुत भई व्यवसाय विस्तारमा सघाउ पुग्न गएको बताउदैँ मर्जर पश्चात प्रत्येक आ.व.मा संस्थाको सञ्चालन मुनाफा बड्दै गइरहेको जानकारी गराउनु भयो । नेपालमा ग्रामीण बैकिङ्ग अवधारणामा लघुवित्तको कार्य गर्ने अग्रणी संस्थाहरू साविकका क्षेत्रीय स्तरका पा“चवटा ग्रामीण विकास बैंकहरू मर्ज भई बनेको राष्ट्रिय स्तरको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले विपन्न तथा गरिब वर्गका घरपरिवारहरू खासगरी महिलाहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार गरी राष्ट्रको गरिबी न्यूनीकरणमा सहयोग पु¥याउन विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

वार्षिक साधारण सभामा विशेष प्रस्तावहरुमा संस्थाको हाल कायम रहेको अधिकृत पुजी रू.१ अर्बमा बृद्धि गरी २ अर्ब पु¥याउने तथा यस संस्था र अन्य उपयुक्त कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरू गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएको थियो । साधारण सभाको संचालन संस्थाका कम्पनी सचिव दिपक प्रसाद पाण्डेले गर्नु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]