January 10th, 2020

कारोबारमा माछापूच्छ्रे बैंक अगाडी, यस्तो छ साताको शेयर बजार

बैंकिङ खबर । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.८९६४ अंकले बढेको छ । गत साता ११६६.२१८७ अंकको विन्दुमा पुगेर बन्द भएको नेप्से परिसूचक यो साताका् अन्तिम दिन १२१३.११५१ अंकमा पुगेको हो । त्यस्तै, सेन्सिटिभ इन्डेक्स २६४.२६६८ अंकमा पुगेको छ ।

कारोबार
साताभरमा सबैभन्दा धेरै कारोबार माछापूच्छ्रे बैंकको भएको छ । बैंकको २६ करोड ५७ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको २५ करोड तीन लाख २० हजार रुपैयाँ, सिभिल बैंकको प्रोमोटर शेयरको २० करोड १८ लाख ७० हजार रुपैयाँ, शिभम सिमेन्ट्सको १३ करोड ६५ लाख १० हजार रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १२ करोड ७५ लाख ४० हजार रुपैयाँ, डिप्रोस्क लघुवित्तको १२ करोड २८ लाख रुपैयाँ, प्रभु बैंकको ११ करोड ७० लाख १० हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड नौ लाख ९० हजार रुपैयाँ, वोमी माइक्रोफाइनान्सको नौ करोड ६७ लाख ८० हजार रुपैयाँ र एनएमबि बैंकको नौ करोड ६२ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पुँजीकरण
बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । टेलिकमको पुँजीकरण ९३ अर्ब रुपैयाँ रहेको छ । नविल बैंकको ७२ अर्ब २१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ५६ अर्ब ५९ करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५२ अर्ब ७६ करोड रुपैयाँ, एभरेष्ट बैंकको ४९ अर्ब ३८ करोड रुपैयाँ, एनएमबि बैंकको ४६ अर्ब ७३ करोड रुपैयाँ, हिमालयन बैंकको ४६ अर्ब करोड रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको ४५ अर्ब २६ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ४२ अर्ब सात करोड रुपैयाँ र नेपाल एसबीआई बैंकको ३५ अर्ब ३७ करोड रुपैयाँ पुँजीकरण भएको छ ।

शेयर किनबेच
यो साता सबैभन्दा धेरै माछापूच्छ्रे बैंकको ११९६ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ५७५ कित्ता, प्रभु बैंकको ४९९ कित्ता, ग्रामीण विकास लघुवित्तको ३५६ कित्ता, एनसीसी बैंकको ३५४ कित्ता, लुम्बिनी विकास बैंकको ३०९ कित्ता, देवः विकास बैंकको २९० कित्ता, कुमारी बैंकको २९० कित्ता, एनएमबि बैंकको २८७ कित्ता र नेपाल बैंकको २८६ कित्ता शेयर किनबेच भएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकको शेयर सबैभन्दा धेरै १७२४ पटक खरिदविक्री भएको छ भने ग्रामीण विकास लघुवित्तको १४५२ पटक, शिभम सिमेन्ट्सको १२६५ पटक, एनएमबि बैंकको १२४८ पटक, रसुवागढी हाइड्रोको ११९९ पटक, प्रभु बैंकको ११४३ पटक, सान्जेन जलविद्युत्को ११४० पटक, नेपाल लाइफ इन्स्योरेन्सको १०७० पटक, माछापूच्छ्रे बैंकको ९४२ पटक र वोमी माइक्रोफाइनान्सको ९३८ पटक शेयर खरिदविक्री भएको छ ।

सूचिकरण
पाँच दिनमा चार कम्पनीको बोनस शेयर सूचिकृत भएका छन् । अपि पावर कम्पनीको पाँच लाख ६७ हजार कित्ता, ग्लोबल आईएमई बैंकको एक करोड ३३ लाख छ हजार पाँच सय ५७ दशमलव ७९ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको सात लाख ५१ हजार आठ सय ६० दशमलव १३ कित्ता र जनउत्थान सामुदायिक लघुवित्तको ५७ हजार छ सय कित्ता शेयरको सूचिकरण भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]