फस्र्ट माइक्रोफाइनान्सद्धारा तिलगंगा आँखा अस्पताललाई न्यानो ब्लाङकेट प्रदान

बैंकिङ खबर । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ज्ञानेश्वर, काठमाण्डौले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई ३५ थान न्यानो ब्लाङकेट प्रदान गरेको छ । लघुवित्त वित्तीय संस्थाको एघारौ बार्षिकोत्सबको अवसरमा उक्त सहयोग प्रदान गरिएको हो । तिलगंगा आँखा अस्पतालमा नेपालका सामान्य, असाहय, विपन्न नागरिकहरुले समेत आँखा सम्बन्धी उपचार गर्न आउने र हाल बढिरहेको चिसो मौसममा आँखा को अप्रेसन भएका विरामीहरुलाई राहात पुगोस भन्ने उद्देश्य राखि फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबाट उक्त सहयोग प्रदान गरेको हो । उक्त सहयोग फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गलाई हस्तान्तरण गर्नु भएको छ । हस्तान्तरणका क्रममा मन्तव्य राख्दै भेषराज पन्थीले फस्र्ट माइक्रोफाइनान्सका वित्तीय सेवा नेपालका विपन्न समुदायको आयआर्जन टेवा पुरयाउने रहेको र तिलगंगा आँखा अस्पतालमा पनि नेपालभरवाट आउने वर्गलाई सर्वशुलभ ढंगले आँखाको उपचार हुने हुँदा सो सहयोग प्रदान गरिएको बताउनु भएको थियो । सोही क्रममा तिलगंगा आँखा अस्पातलकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले स–साना सहयोगले नै तिलगंगा आँखा अस्पताल हालको अवस्थामा आएको बताउदै फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.लाई अस्पतालको तर्फवाट उक्त सहयोगको लागि धन्यावाद ज्ञापन गर्नु भएको थियो । उक्त सहयोग कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन टिम लगायत तिलगंगा आँखा अस्पतालका निर्देशक डा.रोहित सैजु ,प्रमुख सञ्चालन अधिकृत यम बहादुर महत, सहायक प्रबन्धक गणेश सेट्टि लगायत अस्पातलका ओ.टि,ओ पि..डी इन्चार्जहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.