Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्सद्धाराअत्याधिक चिसो प्रभावितलाई न्यानो कपडा वितरण

२०७६ पुष २२ गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरीयाले अत्यधिक चिसो प्रभावित ग्राहक सदस्यहरुलाई न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरीया नगर पालिका पोखरीयास्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखाकार्यालय पोखरीयामा आवद्ध रहेका ग्राहक सदस्यहरुमध्ये दलित तथा विपन्न परिवारका ३९ जना सदस्यहरुलाई संस्थाको समाजिक उतरदायीत्व अन्तर्गत एक एक थान न्यानो कपडा कम्बल वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा बहुदरमाई नगरपालिका वडा नं १ को वडाध्यक्ष प्रमोद कु यादव अतिथीहरुमा सोही वडाको वडा सदस्य श्रीमति रिता देवी अकाश एफ.एम.को संचालक धर्मेन्द्र चौरसिया, समाजसेवी, बुद्धिजिवी, विभिन्न पार्टी प्रतिनिधी,पत्राकारहरु,कर्मचारीहरु, सदस्य तथा अभिभावकहरु गरि करीब ८० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथी वडाध्यक्षले नगरपालिकामा कार्यक्षेत्र रहेको लघुवित संस्थाहरु मध्ये नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले समाजमा विपन्न तथा दलित सदस्यहरुलाई अत्यधिक चिसो छल्न कम्बल वितरण कार्य प्रसंसनिय तथा उदाहारणीय रहेको र हालसम्म न.पा.मा अन्य कुनैपनि लघुवित संस्थाले यस किसिमको सहयोग नगरको साथै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गरेको सहयोग प्रति संस्थालाई हार्दिक धन्यवाद तथा अभार प्रकट गर्नु भई अगामी दिनमा समेत यस किसिमको सहयोगको अपेक्षा गर्नुभएको थियो ।

Ad