Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्धारा सदस्यहरुका लागी वित्तीय साक्षरता तालिम तथा विमा दावी रकम हस्तान्तरण

२०७६ पुष २२ गते

बैंकिङ खबर । तेह्रथुम शुक्रवारेमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय शुक्रवारेको आयोजनामा सदस्य हरुको लागी संञ्चालीत १ दिने वित्तीय साक्षरता तथा विमा दावी रकम हस्तान्तरण कार्यक्रम छथर गाउपालीका वडा न ६ को कार्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा छथर गाउपालीका वडा न ६ बसोबास गर्ने संस्थाको १३ वटा केन्द्रहरु बाट उपस्थित सदस्य तथा अविभावकहरु सहित ३८ जनाको सहभागितामा सम्पन्न कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंक तथा वित्तीय संस्था तथा लक्ष्मी लघुवित्त संस्थाले प्रदान गर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरताको अर्थ, आवश्यकता र महत्व, नोटको जतन, पैसालाई कसरी सदुपयोग गर्ने, आम्दानी, खर्च, बचत, कर्जा, बैंकको प्रकार, बीमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल र भिडियो प्रर्दशनीमार्फत जानकारी गराईएको थियो ।
उक्त कार्यक्रममा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय शुक्रवारे अन्र्तगत केन्द्र नं ३० मा आवद्ध भई विगत ३ वर्ष देखि सन्तुष्ट रुपमा कर्जा चलाई व्यावसाय गर्दै आउनु भएको तर यहि २०७६ असोज १८ गते अकस्मात मुत्यु भएको ले निजले लिएको कर्जाको विमा अनुरुप संस्थाले निजले उपभोग गरेको कर्जा मिनाहा गरी निजले तिर्नु भएको कर्जा तथा काजक्रिया खर्च सहित रु ४४,०००। निजको श्रीमान रोजगारको सिलसीलामा वैदेशिक रोजगारमा रहेको हुनाले निजको छोरी पुर्णिमा मादेनलाई छथर गाउपालीका वडा नं ६ का वडा अध्यक्ष टेकराज तिगेला तथा शाखाको शाखा प्रमुख राजाराम श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाको शाखा प्रमुखले आगामी दिनमा अझै आफ्नो कार्यक्षेत्र विस्तार, गुणस्तरीय लघुवित्त सेवा, सदस्यको माग तथा परीयोजना अनुरुप आफ्नो सेवाहरु प्रदान गर्दै जाने तथा सम्पुर्ण सदस्यलाई पनि आफ्नो परियोजना अनुरुप मात्र कर्जा लिने तथा केहि पनि गर्न सक्दिन भन्ने सदस्यलाई सानो लगानी को सानै परियोजना बाट भए पनि आम्दानी बृद्धि गर्न उत्प्रेरित गर्नु भयो ।

 

Ad