Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वस्तिक लघुवित्तले दियो शाखा प्रबन्धकहरुलाई १ दिने अभिमुखिकरण तालिम

२०७६ पुष २२ गते


बैंकिङ खबर । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुलाई १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । तालिममा उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्य नारायण झा ले संस्थागत सुशासनकायम गरी विपन्न वर्गको उत्थानकालागी सदैव कार्य गर्न उत्प्रेरित गर्नु भयो ।
शखा प्रमुखको भुमिका, कर्जा ब्यवस्थापन तथा व्यवशाय अभिबृद्धि सम्बन्धि अभिमुखिकरण संस्थाका प्रमुखकार्यकारी अधिकृत जीवन खनालले दिनुभयो भने लेखाव्यवस्थापन, सुचना प्रविधिका बारेमा लेखा तथा आई.टी. विभाग प्रमुख तोयानाथ पोखरेलले साथै मानव संशासन, कार्यसंचालनका बारेमा मानव संशाधन विभाग प्रमुख धिरेन्द्र लाल कर्णले तालिम दिनु भयो ।
लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमवाट घरदैलोमा लघुवित्त सेवा पुर्याउने जनाएको छ ।

Ad