विपन्न मुलुकहरुमा कर्मचारीको तलब अबस्था कमजोर

Fast Food Protest

बैंकिङ खबर । गरीब, विपन्न वा अविकसित मुलुक भन्ने वित्तीकै अफ्रिकी वा दक्षिण एशियाली मुलुकहरु दिमागमा आउँछन् । प्रतिव्यक्ति आयका आधारमा वा विकासात्मक गतिविधिका आधारमा यी मुलुकहरु अमेरिकी वा युरोपेली मुलुकभन्दा पछाडी छन् । हाल प्रतिव्यक्ति आयका आधारमा सबैभन्दा कमजोर मुलुक लाइबेरिया रहेको छ । लाइबेरियाको प्रतिव्यक्ति आय ७१० अमेरिकी डलर मात्रै छ । त्यस्तै, सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रतिव्यक्ति आय ७३० अमेरिकी डलर छ भने बुरुण्डीको प्रतिव्यक्ति आय ७७० अमेरिकी डलर छ । यस्तो आय कंगोमा ८७० अमेरिकी डलर र नाइजरमा ९९० अमेरिकी डलर छ ।

विश्वकै सबैभन्दा गरीब यी देशहरुमा कर्मचारीहरुको तलब कति होला?

लाइबेरिया
एक अध्ययनका अनुसार लाइबेरियामा सबैभन्दा बढी तलब खानेले मासिक साढे छ लाखभन्दा बढीलाई बेरियन डलर खान्छन् भने सबैभन्दा कम तलब खानेले २० हजारको हाराहारीमा खान्छ । ०.६१ नेपाली रुपैयाँ बराबर एक लाइबेरियन डलर हुन्छ ।

द सेन्ट्रल अफ्रिकन रिपब्लिक
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कर्मचारीहरुको तलब मासिक झन्डै ६० हजार एक्स एएफ देखि १९ लाखभन्दा बढी रहेको छ । एक्स एएफद सेन्ट्रल अफ्रिकन रिपब्लिकको मुद्रा हो । ०.१९ नेपाली रुपैयाँ बराबर एक एक्सएएफ हुन्छ ।

बुरुण्डी
अर्को विपन्न मुलुक बुरुण्डीमा कर्मचारीहरुको तलब मासिक न्युनतम एक लाख ६१ हजार बीआईएफ छ भने अधिकतम ५२ लाख ७९ हजार बीआईएफ रहेको छ । ०.०६१ नेपाली रुपैयाँ बराबर एक बुरुण्डीयन फ्रांक (बीआईएफ) हुन्छ ।

द डेमोक्रेटिक रिपब्लिक अफ कंगो
कंगोमा मासिक तलब न्युनतम दुई लाख ८२ हजार सीडीएफ देखि अधिकतम ९२ लाख ५७ हजार सीडीएफसम्म रहेको छ । एक कंगोलिज फ्रांक (सीडीएफ) बराबर ०.०६८ नेपाली रुपैयाँहुन्छ ।

नाइजर
नाइजरका कर्मचारीले मासिक न्युनतम ७४ हजार एक्सओएफ देखि अधिकतम २४ लाख ५३ हजार एक्सओएफसम्म तलब खान्छन् । ०.१९ नेपाली रुपैयाँ बराबर एक एक्सओएफ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.