Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सको एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

२०७६ पुष १४ गते

बैंकिङ खबर । सिराहाको गोलबजारमा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । धनगढीमाई नगरपालिका कसाहामा उक्त शिविर सम्पन्न भएको हो ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय असनपुरका साथै आर के मेडिसिटि, धनगढीमाई नगरपालिका वडा नं. ६, ७ र ८ को संयुक्त आयोजनामा भएको शिविरमा ३ सय भन्दा बढीले लाभ लिएको मेरोमाइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिनुभयो । एकदिने स्वास्थ्य शिविरमा निशुल्क होलवडी चेकअप, स्तन तथा पाठेघर सम्बन्धी बिभिन्न रोगहरुको टेष्ट गर्नुका साथै औषधी वितरण गरिएको भण्डारीको भनाई छ । शिविरमा नगरपालिकाका वडाध्यक्षहरुले एक दिने स्वास्थ्य शिविर आयोजनाले गरिब तथा विपन्न परिवारहरु लावान्भित भएको बताएका छन् ।

Ad