Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्राहकको उधमशीलता विकासका लागि स्वावलम्बनको अबलोकन भ्रमण

२०७६ पुष ९ गते

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय रझेना, बाँकेले ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तथा कर्जाको सही सदुपयोग गरिएका परियोजना सम्बन्धी अध्ययन अवलोकन भ्रमण गराएको छ ।

सदस्यहरुलाई सफल परियोजनाको भ्रमण गराई उद्यमशील बनाउन अभिप्रेरित गर्ने उद्देश्यले कैलाली जिल्लाको टिकापुर नगरपालिका—३ स्थित रामपुरमा रहेको केरा खेती व्यवसायको भ्रमण गराएको हो । अवलोकन कार्यक्रममा केरा व्यवसाय संचालन गरिरहेका किसानसंग केरा व्यवसायको शुरुवात, केराका परिकार बनाउने सीप र सो को बजारीकरण सम्बन्धमा अनुभव साटासाट भएको थियो ।

अबलोकन पश्चात सहभागीले केरा खेती शुरु गर्दा लाग्ने लागत, बीमा तथा केरा खेतीका लागि सरकारबाट प्राप्त हुने अनुदान सम्बन्धमा समेत जानकारी पाएको बताए । भ्रमण कार्यक्रममा ग्राहक सदस्य, अभिभावक तथा कर्मचारी सहित जम्मा ३७ जनाको सहभागीता रहेको थियो ।

Ad