बैंकिङ खबर । काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बासटारीले संस्थाका आफ्ना २० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ पौष १ गतेदेखि ३ गतेसम्म पाल्पा जिल्लाको तानसेनमा मा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न गरेको संस्थाका बाँस्टारी कार्यालयका शाखा प्रमुख सिता पाण्डेले जानकारी गराउनूभएको छ । यस तालिममा प्रशिक्षकहरु जिल्ला पशु कार्यालय पाल्पाका कार्यालय प्रमुख डा चन्द्र बहादुर राना, जिल्ला पशु कार्यालय पाल्पाका पशु प्राबिधिक युवराज ज्ञवाली, जिल्ला पशु कार्यालय पाल्पाका पशु प्राबिधीक दान बहादुर कुवर , शाखा प्रमुख सिता पाण्डे क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत पुर्ण बहादुर खड्का रहेका छन् ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत पुर्ण बहादुर खड्काको भनाई छ । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको बाँस्टारी शाखाका प्रमुख सिता पाण्डेले प्रकाश पारेका थिए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको ठूलो लघुवित्त संस्था हो । संस्थाले १७९ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८७ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।
संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ । कुखुरापालन गरी रहेका तथा कुखुरापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका बाँस्टारी शाखाका शाखा प्रमुख सिता न्यौपानेले जानकारी गराएका थिए । तालिमको संचालन बाँस्टारी शाखाका प्रमुख सिता पाण्डेले गरेका थिए ।