सांग्रिला डेभलपमेन्ट बैंकले झन्डै नौ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले ८.९५९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले २३ करोड ३५ लाख ३७ हजार २ सय ९६ रुपैयाँ ९९ पैसा नगद शेयरधनीलाई वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

हाल काम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रहेको छ ।