December 22nd, 2019

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न


बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । जंगल पार्क रिसोर्ट, शुक्लागण्डकी ३ तनहुँमा संचालक समितीका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गर्नु भएको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु पारीत गरेको छ । साधारण सभाले संचालक समितीबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर वितरण गर्न स्विकृत प्रदान गरेको छ । बोनश शेयर जारी पश्चात कायम हुन आउने जारी तथा चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय पनि पारीत गरेको छ । त्यस्तै रेमिट्यान्स सम्बन्धी कारोबार गर्न वित्तीय संस्थाको प्रबन्धकपत्र तथा नियमावलीमा उदेश्य थप गरी संशोधन गर्ने प्रस्ताव पारीत भएको छ । साधारण सभाले सर्वसाधारण शेयर धनीहरुको तर्फबाट २ जना नयाँ संचालकहरुको निर्वाचन पनि सम्पन्न गरेको छ । उक्त दुई वटा पदमा जम्मा दुइ जनाको उमेद्वारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको छ । यसरी निर्वाचित हुने संचालकहरुमा काठमाण्डौ बानेश्वर बस्ने श्रीमती सजल मास्के र नुवाकोटका प्रकाश खरेल रहनु भएको छ । सभामा प्रस्तावहरु प्रस्तुत गरी स्विकृतार्थ अनुरोध गरे बमोजिम सबै प्रस्तावहरु सर्वसहमतीले पारित भएको छ । अब संस्थाको नाम गणपति लघुवित्त वित्तीय संस्था लि. रहनेछ । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १७ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका १९,३५३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । यो अवधी सम्म जम्मा २७ करोड ५० लाख बचत संकलन गरेको र १ अर्ब ५ करोड कर्जा लगानी गरेको छ । ३ वटा शाखा संचालनको अन्तिम तयारीमा रहेका छन भने थप २ वटा शाखा कार्यालयहरु निकट भविष्यमा संचालनमा आउने संस्थाले जानकारी दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]