बैंकिङ खबर । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्था (वित्तीय मध्यस्थताको इजाजत पत्र गैससवाट लघुवित्त वित्तीय संस्थामा रुपान्तरित)हरुका लागि नियमकिय तथा सुपरिवेक्षकिय सवाल सम्बन्धी एक दिवसीय अन्तरक्रिया काठमाण्डौमा आयोजना गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा २२ लघुवित्त वित्तीय संस्थाका २४ जना प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, निर्देशक इश्वरी प्रसाद न्यौपाने, उपनिर्देशक द्धय लुमाकान्त भट्टराई र रेशम बहादुर बल्छ्यौडीको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले स्वागत गर्नु भएको थियो । कार्यक्रमको औैचित्व माथी प्रकाश पार्ने क्रममा नेपाल राष्ट्र बैक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले तत्कालिन वित्तीय मध्यस्थताको इजाजत पत्र गैससवाट लघुवित्त वित्तीय संस्थामा रुपान्तरित भई कार्य सञ्चालन गर्दा लघुवित्त संस्थाहरुले सुशासन र नियामाकीय प्रावधानलाई आत्मसात गर्नु पर्नेमा जोड दिनु भएको थियो । प्रतिस्पर्धी वित्तीय बजारमा लघुवित्त वित्तीय संस्थाहरुको बलियो उपस्थितीका लागि पनि सुशासन ,जोखिम व्यवस्थापन र नियामकीय प्रावधानहरुको अनुपालनामा ध्यान केन्द्रीत गर्न सहभागी लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनु भएको थियो । सोही क्रममा लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका निर्देशक इश्वरी प्रसाद न्यौपानेले नेपाल राष्ट्र बैकद्धारा लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशन २०७६ मा उल्लेख भएका नियमकिय तथा सुपरिवेक्षकिय प्रावधानहरुका बारेमा प्रस्तुती गर्नु भएको थियो र सो मा छलफल समेत गरिएको थियो । अन्तरक्रियाकै क्रममा नेपाल राष्ट्र बैक लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका उप निर्देशकद्धय लुमाकान्त भट्टराई र रेशम बहादुर बल्छ्यौडीले तत्कालिन वित्तीय मध्यस्थताको इजाजतपत्र गैससवाट लघुवित्त वित्तीय संस्थामा रुपान्तरित भएका लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय प्रतिवेदन तथा सुपरिवेक्षणका क्रममा देखिएका कैफियतका वारेमा प्रकाश पार्नु भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष बसन्त लम्सालले सहभागी संस्थाहरुलाई नेपाल लघुवित्त बैकर्स संघमा आवद्ध भई संघका तर्फवाट उपलब्ध हुने परामर्श लगायत अन्य सेवा प्राप्त गर्नका लागि आग्रह गर्नु भएको थियो ।
लघुवित्त
लघुवित्तमा रुपान्तरित फस्र्ट माइक्रोफाइनान्सका साझेदार संस्थासँग अन्तरक्रिया
२०७६ पुष ४ गते
