December 18th, 2019

कुमारी बैंकले तीन अर्बको ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डबाट अनुमति पायो

बैंकिङ खबर । कुमारी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ भने बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टको लागि छुट्याइएको छ ।

१० बर्षे अवधिको यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइन्छ । बैंकले ऋणपत्र निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

इक्रा नेपालले कुमारी बैंकको यस डिबेन्चरलाई बिबिबि प्लस दिएको छ। यो रेटिंङले डिबेन्चर औषत भन्दा राम्रो छ भन्ने इंकित गर्दछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]