Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

त्रिलोक लघुवित्तद्धारा वित्तीय साक्षरता अभिमुखिकरण तालिम सम्पन्न

२०७६ मंसिर २९ गते

बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनवल शाखा अन्तर्गतका आफ्ना समुह सदस्यहरुलाई दुई दिने वित्तीय साक्षरता अभिमुखिकरण तालिम प्रदान गरेको छ । संस्थाका लेखा बिभाग प्रमुख दिनेश कुँवरको अध्यक्षतामा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

तालिम कार्यक्रमको समापन सत्रमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेज्द्र न्यौपानेले वित्तीय साक्षरता अभिमुखिकरण तालिमले किसान र साना उद्यमीहरुमा श्रोत व्यावस्थापन र पँुजी परिचालन गर्ने क्षमतामा बृद्धि हुने बताए ।

संस्थाका योजना तथा तालिम बिभाग प्रमुख बिकास आचार्यले तालिम कार्यक्रमको सहजिकरण गरेका थिए भने सुनवल शाखाका शाखा प्रमुख राकेश बहादुर सैनीले कार्यक्रम संयोजन गरेका थिए ।

Ad