बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलबस्तु वाणगंगा–११ मा रहेको शाखा कार्यलय ओदारी अन्तर्गतका आफ्ना समुह सदस्यहरुलाई दुई दिने चुरा कङ्गन बनाउने शिप मुलक तालिम प्रदान गरेको छ । शाखा कार्यलय ओदारीका शाखा प्रबन्धक कृष्ण मुरारीलाल मालिको अध्यक्षतामा तालिम कार्यक्रम सम्पन्न भएको हो ।
तालिम कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै संस्थाका योजना तथा तालिम बिभाग प्रमुख बिकास आचार्यले समुह सदस्यहरुलाई कर्जा प्रवाह संग संगै शिप बिकास गराउँदै स्वरोजगारी सिर्जना गर्ने र उधमशिलता बिकासमा योगदान गर्दै जाने संस्थाको उद्धेश्य रहेको बताए ।
कार्यक्रम समापन पछि कार्यक्रमका सहभागिहरुले तालिम कार्यक्रमले आत्म निर्भर हुन प्रोत्साहित गरेकाले तालिम उपयोगि रहेको बताए ।