Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ मर्जरमा विश्व बैंकको समर्थन : खराब कर्जाको अवस्थाप्रति चिन्तित

२०७६ मंसिर २६ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर नीतिलाई विश्व बैंकले समर्थन गरेको छ । बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले मर्जरबाट नेपालका बैंकहरुबीचको अस्वस्थ प्रतिष्पर्धा न्यून हुने र कर्जा लगानीमा बैंकहरु सचेत बन्ने बताएको छ ।

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै गएकोमा भने विश्व बैंकले चिन्ता जनाएको छ । कर्जा लगानीमा आक्रमक बन्दा बैंकिङ क्षेत्रको खराब कर्जा २५ प्रतिशतले बढेकोे विश्व बैंकले जनाएको छ । विश्व बैंकको रिपोर्टमा निजी क्षेत्रका २५ वटा वाणिज्य बैंकमा ७ वटा बैंकको खराब कर्जा बढेको उल्लेख छ । यो समस्या देखिएको जनाएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता अनुपात ११ पुगेको पनि रिपोर्टमा उल्लेख छ ।

Ad