December 12th, 2019

बैंक तथा वित्तीय संस्थाले गर्ने बिमामा कडाइ


स्मारीका अग्रवाल । बैंकिङ खबर । बिमा समितिले ‘बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गरेको छ । निक्षेप संकलनको प्रतिस्पर्धामा बैंक तथा वित्तीय संस्थाले थाम्नै नसक्ने योजना ल्याउन थालेपछि बैंक तथा वित्तीय संस्थाले गर्ने बिमामा कडाइ गरेको हो ।

अबको व्यवस्था भने यसप्रकार रहेको छ
घातक रोगको बिमांकको अधिकतम १० लाख
औषधीउपचार बिमाको अधिकतम १ लाख
दुर्घटना बिमाको अधिकतम १० लाख
यस प्रकार बैंकले अब १० लाखभन्दा बढीको बिमा गर्न नपाउने भएको छ ।
समितिले जारी गरेको उक्त मार्गदर्शनमा बिमकले मार्गदर्शनको पालना गरी नयाँ बिमालेख जारी गर्दा पुरानो बिमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मूल बिमालेख समेत जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]