Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थानद्धारा बिमा क्षतिपूर्ति रकम वितरण

२०७६ मंसिर २६ गते

बैंकिङ खबर । काठमाण्डौको नक्सालमा केन्द्रिय कार्यालय रहेको निर्धन उत्थान लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्या धरान सुनसरीले बिमा क्षतिपूर्ति रकम वितरण गरेको छ ।

संस्थाले धरान उमनपा १७ रेल्वेमा गठन भएको रेल्वे महिला स्वावलम्बी समुहकी सदस्य जंगलि देवि बहरदारको मृत्यू पश्चात उहाँका छोरा विजय बहरदारलाई एक कार्यक्रमका बिच बिमा क्षतिपूर्ति रकम वितरण गरेको छ ।

धरान उमनपा १७ वडा नं की वडा सदस्य मिना लावति तथा शाखा कार्यालय पाचंकन्याका लेखापाल अमर शाहिले मृतक का छोरा विजय बहरदारलाई विमा वापतको रकम रु ९७ हजार पांच सय रुपैया संयूक्त रुपमा प्रदान गर्नूभयो ।

वडा सदस्य मिना लावतिले ग्रामिण कर्जा बिमा कार्यक्रम अत्यन्तै प्रभावकारी रुपमा संचालन गरेको साथै लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै उनीहरुको जिवनस्तरमा सुधार गरेकोमा प्रशंसा गर्नुभयो ।

संस्थाका अनुसार निज सदस्य जंगलि देवि बहरदारले संस्थाबाट रु ७५ हजार कर्जा लिएकोमा निजको कालगतिले मृत्यू भएकोले संस्थाको नियमअनूसार पाइने काजक्रिया खर्च सहित १ सय ३० प्रतिशत बिमा क्षतिपूर्ती रकम ९७ हजार पांच सय रुपैँया प्रदान गरेको शाखाका कर्मचारी चुडामणी पौडेलले जानकारी दिनूभयो ।

साथै सदस्यको दुर्घटनामा मृत्यू भएमा २ सय प्रतिशत र सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

Ad