December 6th, 2019

लक्ष्मी लघुवित्तको आठौं बार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

आठौं बार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले २०७६ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूंजी रु.२४ करोड २० लाखको ११.३२ प्रतिशतले हुने नगद लाभांश रु.२ करोड ७३ लाख ८४ हजार २११ (कर समेत) र १५ प्रतिशतले हुन आउने रकम रु. ३ करोड ६३ लाख बराबरको वोनश शेयर पारित गरेको छ । वोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु. २७ करोड ८३ लाख पुग्नेछ ।

साधारण सभाले संस्थाको प्रवन्धकपत्र नियमावलीमा आवश्यक संसोधन समेत गरेको छ । साथै, अन्य इजाजतपत्र प्राप्त“घ”वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती (Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

हाल यस संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५२ जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु मार्फत ८३ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । त्यस्तै गरी संस्थाले ४ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट १.४५ अर्व भन्दा बढी बचत संकलन समेत गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]