Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

२०७६ मंसिर १८ गते


बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लि. को पाँचौ वार्षिक साधारण सभा लालमणी जोशीको अध्यक्षतामा ०७६ मंसिर ईटहरी, सुनसरीमा सम्पन्न भएको छ । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५% नगद लाभांश र २०% वोनश शेयर वितरण गर्ने, ४ः१ को अनुपातमा हकप्रद शेयर ९च्ष्नजत क्जबचभ० जारी गर्ने र उक्त हकप्रद शेयर पश्चात संस्थाको चुक्ता पुँजी बृद्धि गरी रु.३४,५०,००,०००/–कायम गर्ने, आ.व.२०७६/७७ को लागि बाह्य लेखापरीक्षको नियुक्ती जस्ता प्रस्ताव सभा बाट पारित गरीएको छ । सभामा २ जना सर्वसाधारण सेयर सदस्यहरुबाट केही जिज्ञासा राखीएको थियो र सो जिज्ञासाका बारेमा संस्थाका अध्यक्ष लालमणी जोशीले प्रष्ट पार्नु भएको थियो ।
सभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु लालामणी जोशी, सदस्यहरु क्रमशः सुरेश कुमार अग्रवाल र निशान्त जोगाईलाई निर्विरोध निर्वाचित गरेको छ । उक्त सभालाई सम्बोधन गर्दै सभाका अध्यक्ष लालमणी जोशीले सभामा संस्थाको मेरुदण्ड भनेको नै कर्मचारीहरु भएकाले यहाँ सम्म आइपुग्न संस्थाका कर्मचारीहरुको पनि महत्वपुर्ण योगदान रहेको भन्दै आगामी दिनमा समेत निरन्तरता दिन सुझाव सहित संस्थाको पाँचौं वार्षिक साधारण सभासम्म ल्याउनका लागि कर्मचारीहरुले गरेको अथक प्रयासलाई धन्यबाद ज्ञापन गर्नुभयो । सभाले मर्जर तथा प्राप्तिको कार्यका लागि अध्ययन भईरहेको र चालु वर्षमा समेत यस कार्यलाई निरन्तरता दिने जानकारी गराउनुभयो । सभाको उद्घाटन कार्यक्रम संस्थाका नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले संचालन गर्नुभएको थियो भने बन्द सत्रको संस्थाका प्रमुख कार्यकारी अधिकृत कम्पनी सचिव गोविन्द चापागाईले कार्यक्रम संचालन गर्नुभएको थियो । सभाको समापन पछी बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा लालमणी जोशीलाई अध्यक्षमा चयन गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्रप्राप्त संस्था २०७१ साल आश्विन २७ गते स्वीकृती प्राप्त गरी पौष १६ गतेबाट वित्तीय कारोबार सुभारम्भ गरेको यस वित्तीय संस्थाको हालआएर देशभर ४९ वटा जिल्लामा ८४ वटा शाखा कार्यालयहरु मार्फत ७७ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । चालु आर्थिक वर्षमा संस्थाले थप शाखाहरु विस्तार गरि वित्तिय पहुँच नपुगेको तथा कम पुगेको क्षेत्रमा लघुवित्त सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

Ad