November 10th, 2019

एनएमबी लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । एनएमबी लघुवित्त वित्तीय संस्था र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गरेका छन् ।

एनएमबी लघुवित्तले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । मंसिर २९ गतेसम्म निष्काशन खुला रहने सेयरमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाइनेछ । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरमा २४ लाख ३० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ । आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ । हकप्रद शेयर निष्कासनपछि लघुवित्तको चुक्ता पूँजी ४० करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असोज २६ गतेसम्म कायम शेयरधनीहरुका लागि एक कित्ता बराबर ०.२ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १७ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। शेयरधनीहरुले मंसिर २९ गतेसम्म आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवदेन दिन सक्ने छन् ।
कम्पनीको हालको चुक्ता पूँजी ८८ करोड रुपैयाँ छ । हकप्रद शेयर निष्कासनपछि चुक्त पूँजी एक अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]