November 30th, 2019

लक्ष्मी लघुवित्तको नवौ बार्षिक उत्सव सम्पन्न

बैंकिङ खबर । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौ वार्षिक उत्सव मनाएको छ । संस्थाको २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विधिवत रुपमा कम्पनीको स्थापना भएको थियो ।
कम्पनीको नवौंवार्षिक उत्सवको अवसरमा संस्थाले आफ्नै भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने काठमाण्डौको बुढानिलकण्ठ–४ चण्डेश्वरी स्थितपवित्र समाज नेपालद्धारा सञ्चालित अनाथ बालबालिका तथा बृद्धबृद्धा आश्रमलाई सामजिक उत्तरदायित्व अन्तर्गत खाद्य सामाग्रीहरु तथा लत्ताकपडा समेत उपलब्ध गराएको थियो । त्यस्तै गरी विभिन्न शाखा कार्यालयहरुबाट स्थानिय स्तरका विद्यालयहरुमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरीएको थियो ।
नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५२ जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु मार्फत ८२ हजार ५ सय ५५ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पु¥याएको छ । चालु आर्थिक वर्षमा संस्थाले थप शाखाहरु विस्तार गरी वित्तीय पहुच नपुगेको तथा कम पुगेको क्षेत्रमा लघुवित्त सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]