Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडेको लेखा व्यवस्थापन तालिम बुटवलमा सम्पन्न

२०७६ मंसिर ११ गते

बैंकिङ खबर । नेरुडे लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रदेश कार्यालय बुटवल अन्तर्गत रहेका २३ जना कर्मचारीहरुलाई २ दिने लेखा व्यवस्थापन तालिम दिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन, २०७६ मा भएको परिवर्तित व्यवस्था सम्बन्धमा जानकारी दिन तथा कार्यलयको लेखा सम्बन्धि दैनिक कार्यलाई गुणस्तरीय बनाउन तालिमको आयोजना गरेको हो । उक्त तालिममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, लेखा विभागका विभागीय प्रमुख रोशन कुमार राउत, योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्का र प्रदेश कार्यालय बुटवलका प्रमुख शम्भु घिसिङ्खले छुट्टा–छुट्टै बिषयमा प्रशिक्षण दिएका थिए । बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडेले २०७६ कार्तिक मसान्त सम्म ३१ वटा जिल्लामा ८७ वटा कार्यालय मार्फत १ लाख ३६ हजार १३ सय ५ ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad