November 25th, 2019

प्राइम बैंकले १६ प्रतिशत बोनस शेयर दिने

बैंकिङ खबर । प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको विवरण अनुसार योग्य मुनाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

हाल प्राइम बैंकको चुक्तापुँजी नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]